
भर्खरैको खबर
Updated
भर्खरैको खबर
भर्खरैको खबरतेह्रथुम। म्याङलुङ नगरपालिका–९ जिरिखिम्तीस्थित बगाले होटल अगाडि केहि दिन अगाडी भएको बोलेरो पिकअप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। इटहरीबाट तेह्रथुमतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ५६०४ नम्बरको बोलेरो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा फेदाप गाउँपालिका–३ जलजलेका ४० वर्षीय टेकबहादुर कट्टेल गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा कट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। कट्टेल रिलायबल हाइड्रोपावरमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। दुर्घटनामा सामान्य घाइते भएका चालक पाँचथर मिक्लाजुङ–८ का ४३ वर्षीय राजेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ।
लालीगुराँस विशेष
अर्थ / वाणिज्य1 min read

तेह्रथुम। म्याङलुङ नगरपालिका–९ जिरिखिम्तीस्थित बगाले होटल अगाडि केहि दिन अगाडी भएको बोलेरो पिकअप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। इटहरीबाट तेह्रथुमतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ५६०४ नम्बरको बोलेरो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा फेदाप गाउँपालिका–३ जलजलेका ४० वर्षीय टेकबहादुर कट्टेल गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा कट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। कट्टेल रिलायबल हाइड्रोपावरमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। दुर्घटनामा सामान्य घाइते भएका चालक पाँचथर मिक्लाजुङ–८ का ४३ वर्षीय राजेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ।
3 min read
तेह्रथुम | तेह्रथुमको पर्यटकीय बजार वसन्तपुरमा पछिल्लो समय दैनिकजसो लाखे नाचको रौनक देखिन थालेको छ। नेपालका विभिन्न समुदायमा प्रचलित मौलिक सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिने लाखे नाचका टोलीहरू विभिन्न स्थानबाट वसन्तपुर पुगेर प्रदर्शन गरिरहेका छन्। संखुवासभा, धनकुटालगायत विभिन्न ठाउँबाट आएका लाखे नाचका टोलीले बजार क्षेत्रमा नाच प्रस्तुत गरिरहेका छन्। पछिल्ला दिनमा वसन्तपुरमा दैनिकजसो २ देखि ५ समूहसम्मका लाखे टोलीले प्रदर्शन गर्ने गरेका छन्। लाखेको आकर्षक मुकुन्डो, परम्परागत पोसाक, बाजागाजा र नाच हेर्न बजारमा स्थानीय तथा बाह्य आगन्तुकको समेत भीड लाग्ने गरेको छ। लाखे नाच विशेषगरी नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक परम्परा भए पनि पछिल्लो समय यो संस्कृति विभिन्न ठाउँमा फैलिँदै गएको छ। विशेषगरी गाईजात्रा, कृष्ण जन्माष्टमी तथा अन्य जात्रा र सांस्कृतिक अवसरमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ। लाखेको भेषमा नाच्ने कलाकारले बाजागाजाको तालमा प्रस्तुत गर्ने नृत्यले दर्शकलाई आकर्षित गर्ने गर्दछ। परम्परागत मान्यताअनुसार लाखेलाई समुदाय र बस्तीको रक्षासँग जोडेर पनि हेर्ने गरिन्छ। समयसँगै लाखे नाच मनोरञ्जनसँगै मौलिक कला, संस्कृति र पहिचान संरक्षण गर्ने माध्यमका रूपमा समेत स्थापित हुँदै गएको छ। वसन्तपुरमा विभिन्न जिल्लाबाट लाखे टोली आउन थालेपछि बजारको सांस्कृतिक माहोल थप जीवन्त बनेको छ। दैनिकजसो हुने प्रदर्शनले स्थानीयलाई आफ्नै संस्कृति नजिकबाट अनुभव गर्ने अवसर दिएको छ भने बाह्य आगन्तुकका लागि समेत नयाँ आकर्षण थपिएको छ। वसन्तपुरमा देखिन थालेको यो लाखे नाच केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई विभिन्न ठाउँमा जीवित रहेको मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई एउटै ठाउँमा जोड्ने माध्यमसमेत बनेको छ।
3 min read