LALIGURANS NEWS
गृहपृष्ठमा फर्कनुहोस्
ट्याग

tehrathum laligurans news accident case

1 वटा समाचार फेला पर्यो

बोलेरो दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भर्खरैको खबर

बोलेरो दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

तेह्रथुम। म्याङलुङ नगरपालिका–९ जिरिखिम्तीस्थित बगाले होटल अगाडि केहि दिन अगाडी भएको बोलेरो पिकअप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। इटहरीबाट तेह्रथुमतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ५६०४ नम्बरको बोलेरो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा फेदाप गाउँपालिका–३ जलजलेका ४० वर्षीय टेकबहादुर कट्टेल गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा कट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। कट्टेल रिलायबल हाइड्रोपावरमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। दुर्घटनामा सामान्य घाइते भएका चालक पाँचथर मिक्लाजुङ–८ का ४३ वर्षीय राजेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ।

Laligurans News मिनेट पढ्ने समय